
विराटनगर । झापामा प्रहरीले पत्नीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
दसैंकाे टीकाकाे तेस्राे दिन सोमबार दिउँसो करिब ४ बजे झापाको अर्जुनधारा नगरपालिका– ३ दार्जिलिङ डाँडामा ३७ वर्षीया मुना चौहानको आरोपमा उनका पति सोही स्थानका ४६ वर्षीय वीरबहादुर चौहानलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार भरत कुमालको घरमा मुनाको हत्या भएको हो । सो घर मुनाकाे माइती हो ।
सोमबार दिउँसो सामान्य विवादमा उनले धारिलो हतियारले घाटीमा प्रहार गरेकाे देखिएकाे प्रहरीले बताएकाे छ ।
हतियार प्रहारबाट मुनाकाे घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि फरार भएका वीरबहादुरलाई प्रहरीले जुकेखाडी जंगलबाट पक्राउ गरेकाे हाे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

























