विराटनगरमा गीत गजलका सञ्चालकमाथि खुकुरी प्रहार

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार २०:०५

विराटनगर । विराटनगरको मुन गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट भगतको देब्रे हातमा चोट लागेको छ । उनकाे नाककाे डाँडीमा पनि चाेट लागेकाे छ । अवस्था सामान्य छ । उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

गीत गजलमा भएको विवादलाई लिएर उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ । मंगलबार साँझ करिब ६ बजे विराटनगर– ९ का सावन दास र विनोद रायले खुकुरी प्रहार गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु फरार छन् ।

फरार भएका दुवैको खोजी भइरहेको जानकारी ओलीले दिए । घटना भएकाे गीत गजल विराटनगरको भूमि प्रशासन चोकमा छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.