फाइल तस्बीरधनगढी ।महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
डडेल्धुराकाे अमरगढी नगरपालिका– ७ को खसरेखानमा गएराति ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

























