
सोलुखुम्बु । रामेछापको मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाले उद्दार गर्ने भएको छ । प्रतिकुल मौसमका कारण ३ दिनदेखि मन्थलीमा रोकिएका पर्यटकलाई नेपाली सेनाको जहाज प्रयोग गरेर उद्दार गरिने रक्षा मन्त्री मानवीर राईले बताए ।
३ दिनदेखि मन्थली अड्किएका ५ सय भन्दा बढी पर्यटकलाई लुक्ला विमानस्थल पुर्याउन नेपाली सेनाको जहाज प्रयोग गर्न निर्देशन दिएको रक्षामन्त्री राईले बताए ।
ट्रेकिङ एजेन्सि एशोसियसन (टान) नेपालले रामेछापको मन्थलीमा अलपत्र परेका पर्यटकहरुको विवरण उपलब्ध गराउन पर्यटन व्यवसायीलाई सर्कुलर गरेको छ ।
टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले तत्काल उद्धार गर्नु पर्ने पर्यटकको संख्या उपलब्ध गराउन ट्रेकिङ कम्पनीहरुलाई आग्रह गरेको बताए ।
उनका अनुसार ५ सयको संख्यामा विदेशी पर्यटकहरु मन्थलीमा अलपत्र परेका छन् । नेपाली सेनाको १६ सिट यात्रु बोक्ने जाहाँजले दैनिक ६ वटा उडान गरेर यात्रुको उद्दार गर्नेछ ।

























