
काठमाडौ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रवि लामिछाने पक्राउपछि सडकमा उत्रिएका उनका समर्थकलाई प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।
रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी नहटेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
अश्रुग्यास प्रहार भएपछि रविका समर्थक तितरवितर भएका छन् । रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो ।
रवि पक्राउ परेपछि स्थानीय प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । निषेधित क्षेत्रमा उनका समर्थकले प्रदर्शन गरिरहेका छन् ।

























