भेडेटारको स्काई वाकमा रमाउँदै पर्यटक (फोटो फिचर)

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ५, सोमबार ०९:०१

भेडेटार । कोशी प्रदेशको पर्यटकीय क्षेत्र भेडेटारमा स्काई वाक (सिसाको पुल) सञ्चालनमा आएसँगै यहाँ पुगेर पर्यटक रमाउन थालेका छन् ।

भेडेटारलाई साहसिक पर्यटनको ‘हब’ बनाउने प्रयास अनुसार सिसाको पुल भएको टावर सञ्चालनमा आएको हो  ।

प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकाले भेडेटारमा बनेको स्काई वाकले त्यसलाई सहयोग पुग्ने अपेक्षा स्थानीयले राखेका छन् ।

११ रोपनीमा रहेको स्काई वाकमा ४१ मिटर लामो सिसामा हिँड्न सकिन्छ ।

योसँगै करिब १८ मिटर अग्लो टावरसमेत निर्माण गरिएको वन्डर्स एम्युजमेन्ट पार्क प्रालि कार्यकारी निर्देशक सञ्जीव रोक्काले बताए ।

उनका अनुसार सिसामाथि हिँड्ने साहसिक खेलको मज्जा लिनका हाल दैनिक हजारौंको संख्यामा पर्यटक यहाँ पुग्छन् ।

यसअघि नै काठमाडौँको कमलादी, इलामको कन्याममा पनि वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याइसकेको छ ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक ५, सोमबार ०९:०१
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.