कांग्रेसले रोक्यो एसपी लिम्बूको काज, मोरङको जिम्मेवारी चिमरियालाई

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार ११:५३

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा प्रहरी उपरीक्षक नारायण चिमरिया आउने भएका छन् ।

प्रहरी उपरीक्षक नवराज कार्की लेनदेन विवादमा परेर हेडक्वाटर तानिएपछि उनको स्थानमा राजन लिम्बूलाई पठाउने निर्णय भएको थियो । तर ३ दिनमै लिम्बूको सरुवा रद्द गरेर चिमरियालाई काज सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले प्राविधिक कारणले लिम्बूलाई रोकेर चिमरियालाई पठाइएको बताए । अफिसको आवश्यकताका कारण लिम्बूको निर्णय रोकिएको बताउँदै उनले भने,‘ नारायण चिमरियालाई पठाउने निर्णय भएको छ ।’

चिमरिया नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीमा कार्यरत थिए । मोरङमा काज सरुवा भएपछि गणबाट उनी विदाइ भएका छन् । चिमरियाले १–२ दिन भित्र मोरङमा हाजिर हुने बताए ।

कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बूलाई पठाउने निर्णय गरेको थियो ।  गृहमन्त्री रमेश लेखकलाई भनेर कांग्रेस नेताहरुले लिम्बूको सरुवा राकेका हुन् । लिम्बू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा उनको व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) थिए  ।

उनलाई ताप्लेजुङको इन्चार्ज हुँदा २०८० भदौमा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामले उनलाई धम्की दिएका थिए । हाङगाम अहिले प्रदेशको मन्त्री हुन् ।

कांग्रेस नेताहरुले माेरङमा चिमरियालाई ल्याउन प्रस्ताव गरेपछि प्रहरी प्रधान कार्यालयले उनलाई नै पठाउने निर्णय गरेको प्रहरी स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.