कोशीका मुख्यमन्त्री र स्वीस राजदूतबिच भेटवार्ता, आगामी सहकार्यका विषयमा छलफल

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १३:४२

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि स्वीस राजदूत डा. डेनिएल मेउलीबिच आज शिष्टाचार भेटवार्ता भएको छ ।

मुख्यमन्त्रीको कार्यालय विराटनगरमा भएको भेटमा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा सञ्चालित परियोजनाका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले बताए ।

राजदूत बनेर आएपछि पहिलो पटक मुख्यमन्त्री कार्कीसँग उनले भेट गरेका हुन् । स्वीस सरकारको सहयोगमा सञ्चालिन परियोजनाहरुमा अहिलेसम्म भएको प्रगतिका र आगामी सहकार्यका विषयमा छलफल भएको हो ।

उनीहरूबीच कोशी प्रदेश सरकारले यो आर्थिक वर्षमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलन, कोशी प्रदेश लगानी सम्मेलन र कोशी भ्रमण वर्ष २०८२ का विषयमा समेत छलफल भएको खनालले जानकारी दिए ।

भेटवार्तामा स्वीस राजदूत मेउलीले कोशी प्रदेश सरकारसँग निरन्तर सहकार्य गर्न स्वीस सरकार तयार रहेको र क्षेत्र मिल्ने परियोजनाहरुमा सहकार्य भइरहने बताए ।

कोशी प्रदेशमा स्वीस सरकारको सहयोगमा खानेपानी तथा सिचाइँ मन्त्रालय अन्तरगत ८ वटा पहाडी जिल्लामा साना सिचाइँ आयोजना, झोलुंगे पुलमा प्राविधिक सहयोग तथा पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत पदमार्गमा आधारित परियोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय अन्र्तगत शीप तथा रोजगारमूलक तालिमसँग सम्बन्धित परियोजनाहरु सञ्चालनमा छन् ।

यस्तै सामाजिक विकास मन्त्रालय अन्तरगत सुशासनसँग सम्बन्धित पिएलजिएसपी परियोजना सञ्चालनमा रहेको छ । त्यस्तै सामाजिक विकास अन्तर्गत नै युवा उद्यमशिलता, प्राविधिक तालिम र रोजगारी प्रवर्द्धन सम्बन्धी परियोजनाहरु सञ्चालन भइरहेको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.