काेशी प्रदेशका सहकारीमा सर्वसाधारणकाे सवा ९२ अर्ब बचत

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार ०६:३१

विराटनगर । कोशी प्रदेशकाे झापा, मोरङ र सुनसरीका ठूला सहकारीहरुमा ५ लाख रुपैयाँसम्म बचत गर्नेहरुको ३३ अर्बभन्दा बढी बचत रहेकाे कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले जनाएकाे छ ।

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश मातहतका सहकारी संघ- संस्थाहरुमा ५ लाखसम्म बचत गर्ने वचतकर्ताको जम्मा रकम र सदस्यको प्रारम्भिक विवरण तयार गर्दा पाँच लाखसम्मको बचत मात्रै ३३ अर्ब देखिएको हो ।

रजिष्ट्रार कार्यालयका अनुसार मोरङ झापा र सुनसरीका ११२ वटा सहकारीमा ३ लाखसम्म बचत गर्ने ८ लाख ८ हजार ४३९ बचतकर्ता छन् । ती बचतकर्ताको २८ अर्ब २० करोड ११ लाख ७ हजार ५८० रुपैयाँ सहकारीमा छ । ५ लाखसम्म बचत गर्ने १३ हजार ८७२ जना बचतकर्ता छन् । ती बचतकर्ताको ४ अर्ब ९० करोड ९५ लाख ३७ हजार ४१७ रुपैयाँ बचत छ ।

कोशी प्रदेश अन्तर्गत नियमन हुने सहकारी १ हजार ७८ वटा छन् भने स्थानीय सरकार अन्तर्गत ३ हजार ६५१ वटा सहकारी छन् । सहकारीमा १४ हजार २५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रदेशका सहकारीमा सर्वसाधारणकाे कूल बचत ९२ अर्ब २५ करोड ५९ लाख ७९ हजार ३२८ छ । कर्जा प्रवाह १ खर्ब १३ अर्ब ११ करोड १८ लाख ९८ हजार ७१३ छ । सहकारीकाे जम्मा सम्पत्ती र दायित्व १ खर्ब ४५ अर्ब १७ करोड ३७ लाख ४१ हजार ४८ रुपैयाँ रहेको छ ।

प्रदेश सरकार अन्तर्गत रहेका १ हजार ७८ सहकारीमा मात्रै १२ लाख १५ हजार ३४४ सदस्यको १३ अर्ब २४ करोड २७ लाख ८ हजार रुपैयाँ शेयरपूँजी र वचतकर्ताको ६५ अर्ब ५८ करोड ८७ लाख ७५ हजार रुपैयाँ बचत छ । ती सहकारीहरुको ऋण लगानी ८१ अर्ब १३ करोड ९ लाख ५४ हजार छ ।

कोशी प्रदेशमा भएका सबै सहकारीमा २१ लाख ७८ हजार ५०३ शेयर सदस्य छन् । ति सहकारीकाे  शेयर पूँजी २१ अर्ब ५२ करोड ९२ लाख ८२ हजार ८२२ रुपैयाँ छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.