डाक्टर कुट्नेलाई कारवाहीको माग

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार ०६:४०

विराटनगर । सुनसरीको इनरुवा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्तोष राईमाथि आक्रमण गर्नेलाई कारवाही गर्न प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ नेपाल कोशी प्रदेशले माग गरेको हो ।

गत शनिबार स्वास्थ्य कार्यलय, सुनसरीका प्रमुखसमेत रहेका डा. राईलाई उनको कार्यकक्ष भित्रै हातपात तथा अमर्यादित गाली गलोज भएको थियो । सो घटनाप्रति आपत्ती जनाउँदै प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशका इन्चार्ज अन्जना पोखरेल र अध्यक्ष एकराज खत्रीले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेका हुन् ।

‘अहोरात्र जनताको स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि अराजक व्यक्तिहरुबाट निरन्तर भई रहेका यस प्रकारका अमानवीय क्रियाकलाप, अभद्र व्यवहार तथा ज्यादतीको महासंघ घोर निन्दा एवंम भर्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आक्रमण गर्नेहरू माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि ऐन २०६६ (पहिलो संसोधन २०७९) तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गर्न माग गरिएको छ । ‘अमर्यादित गाली गलोज, हातपात तथा आक्रमण गर्ने माथि हदैसम्मको कारवाहि गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई उचित न्याय दिलाई सुरक्षाको प्रत्याभुति सहित निर्वाध रुपमा अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित सबै सरोकारवाला सँग प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

डाक्टर राईलाई बिरामीको उपचारमा लापरबाही गरेको भन्दै एक समूहले कार्यकक्षमै पुगेर आक्रमण गरेको थियो ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.