
विराटनगर । पूर्व- पश्चिम राजमार्गको झापाको केरखामा खण्डमा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र. १–०१–००१ ख ४३३१ नम्बरको रात्री बसको ठक्करबाट कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र १० वर्षीय बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक हजुरबुबा नातिनी हुन् । उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए ।
दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर ठक्कर दिने बसमा तोडफोड गरेका छन् ।
केरखाको अवस्था तनावग्रस्त भएपछि आसपासको क्षेत्रबाट प्रहरीको मद्दत टोली मगाएर राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
मृतकको शव घटनास्थलमै छ । स्थानीयले प्रदर्शन गरिरहेका छन् ।

























