
काठमाडौं । नेकपा (एमाले)को पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको सो रिट न्यायाधीश सुवेदीले हेर्न नमानेपछि आजका लागि रोकिएको हो ।
न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवासको मुद्धा आफूले हेरिसकेको भन्दै आजको मुद्दा हेर्न नमानेकाे स्राेतले बताएकाे छ ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेका थिए ।

























