काेशीमा पक्की पुल आसपासका झोलुंगे पुल सार्ने निर्णय

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १७:१५

विराटनगर । कोशी प्रदेशमा पक्की आसपास रहेका झोलुंगे पुललाई सारिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल आसपास रहेको झोलुंगे पुल सार्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईका अनुसार पक्की पुल निर्माण भएपछि पुल आसपासका झोलुंगे पुल प्रयोगविहीन छन् । यस्ता पुललाई आवश्यकता अनुसार स्थानान्तरण गरिने राईले बताए ।

‘प्रदेशका धेरै ठाउँमा पक्की पुलकै आसपास झोलुंगे पुल छन् । तर, त्यस्ता पुल प्रयोगविहीन छन्,’ उनले भने,‘ पहिलो चरणमा तथ्यांक संकलन गरेर पुल स्थानान्तरण गर्छौं ।’

झोलुंगे पुल स्थानान्तरण गर्दा स्थानीय सरकारसँगको सहकार्य र आवश्यकताका आधारमा गरिने उनले बताए । उनका अनुसार पहाडी जिल्लाहरुमा पहिले झोलुंगे पुल निर्माण भएका थिए । पछि सडक विस्तार भएपछि पक्की पुल निर्माण भयो । यातायातका लागि पक्की पुल बनेपछि भने भोलुंगे पुल प्रयोगमा छैनन् ।

पुल स्थानान्तरणका लागि सरकारले बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ । ‘पुल स्थानान्तरणका लागि प्रदेशले स्रोतको व्यवस्थापन गर्छ,’ उनले भने,‘ आवश्यकताका आधारमा काम हुन्छ ।’

क्रोनिक योजनाको म्याद थप छलफलपछि मात्रै

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका क्रोनिक योजनाहरूको म्याद थपका विषयमा सरकारले सम्बन्धित योजनास्थलमै पुगेर छलफल गरी निष्कर्षमा पुग्ने निर्णय भएको मन्त्री राईले बताए ।

‘योजनाहरु निर्माण हुन किन सकेनन् भनेर योजनास्थलमै सबैपक्षसँग छलफल गर्ने निर्णय भएको छ,’ उनले भने,‘ योजना अघि बढाउने हो कि नयाँ सम्झौता गर्ने भनेर स्थलगत अध्ययनपछि निर्णय गर्छौं ।’

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.