
विराटनगर । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस भएका छन् ।
न्याय परिषद्ले उपनिर्वाचनका लागि ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । आयाेगले जिम्मेवारी ताेक्नेछ ।
निर्वाचनका लागि सम्बन्धित जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत सिफारिस भएका हुन् ।
परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई सिफारिस गरेको छ ।

























