बलात्कार आरोपी सशस्त्रका जवान हिरासतमा मृत फेला

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार ११:१२

दाङ । बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जना जवान प्रहरी हिरासतमै मृत फेला परेका छन् ।

प्युठानको सरुमारानी गाउँपालिका–४ घर भइ दाङको ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा सोमबार बिहान मृत फेला परेका हुन् ।

आफूले लगाएको गन्जी प्रयोग गरी शौचालयको झ्यालमा रहेको फलामको रडमा झुन्डिएको अवस्थामा शव भेटिएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमल्सिनाले बताए । उनका अनुसार बलात्कारको आरोपमा अनुसन्धानका लागि मगरलाई पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने एसपी तिमल्सिनाले बताए । उनका अनुसार मगर बिहान ५ बजेतिर शौचालय गएका थिए ।

लामो समयसम्म नफर्किएपछि ढोका खोलेर हेर्दा झुन्डिएर मृत्यु भएको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ । गत असोज २४ गते भालुवाङका १४ र ८ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गणमा कार्यरत दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमध्ये मगर मृत फेला परेका हुन् । सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर हिरासतमै रहेको एसपी तिमल्सिनाले बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.