
काठमाडौं । काठमाडौंबाट भारतको राजधानी दिल्ली उड्ने तयारीमा रहेको एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएपछि प्रहरी र सेनाको टोलीले खोजी सुरु गरेको छ ।
बम रहेको सूचना आएपछि उडान रोकेर तालिम प्राप्त कुकुरसहितको टोलीले खोजी सुरु गरेको हो ।
एक साताअघि पनि भारतबाट आएकाे विमानमा बम रहेकाे सूचना आएकाे थियाे । तर सर्च गर्दा सूचना गलत रहेकाे पुष्टि भयाे ।
सोमबार अपराह्न दिल्ली उड्न लागेको जहाजमा बम राखिएको सूचना आएपछि सेना र प्रहरीको टोली अध्ययन गरिरहेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।
अपराह्न ३ः १२ बजे एयर इन्डिया २१५ जहाज अवतरण गरेको थियो । जहाज अवतरण भइसकेपछि भारत जानका लागि टिकट काटेका १६९ मध्ये ४० जना यात्रु चढिसकेपछि भारतबाट बम रहेको सूचना आएको थियो । त्यसपछि यात्रुलाई उतारेर अनुसन्धान सुरु गरेको हो ।
गत कात्तिक ६ गते दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्समा बम रहेको सूचना आएकाे थियाे । साढे तीन घण्टाकाे सर्च पछि प्रहरीले बमको सूचना गलत भएको बताएको थियो ।

























