
काठमाडौं । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाउँदै राष्ट्रिय राजमार्गमा स्थानीय तहले गर्दै आएका ‘पटके कर असुली’ रोक्न निर्देशन दिएको छ ।
राजमार्गमा स्थानीय सरकारले पटके कर असुल गरेपछि मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा सहायक राजमार्गहरूमा करहरू उठाउन रोक्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को २०७५ मङ्सिर १७ गतेको बैठकले सङ्घ मातहत भएका कुनै पनि राजमार्गमा प्रदेश तथा स्थानीय तहले कुनै पनि प्रकारको कर उठाउन नपाउने निर्णय गरेको थियो । तर, विभिन्न स्थानमा ढाँट राख्दै पटके कर असुली गर्दै आएका छन् ।
यातायात व्यवसायीले यही कात्तिक ५ गते यसलाई रोक्न आग्रह गरेका थिए ।
गृहले सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।


























