चिकित्सक संघको आगनमा नेफाको देउसी

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १३:२४

विराटनगर । नेपाल जनस्वास्थ्य संघ अर्थात नेपाल पब्लिक हेल्थ एसोसिएसन (नेफा), कोशी प्रदेशले तिहारको अवसर पारेर शुक्रबार देउसी भैलो कार्यक्रम आयोजना गरेका छन् ।

नेफा कोशीका अध्यक्ष ब्रजेशकुमार मेहतासहित सल्लाहकार ज्ञानबहादुर बस्नेतको संयोजकत्वमा नेपाल चिकित्सक संघ, कोशी शाखाको कार्यालयमा पुगेका देउसी खेलेका हुन् । देउसीको समूहलाई चिकित्सक संघका अध्यक्ष डा‍. राजेन्द्र चौधरी, महासचिव डा. बालकृष्ण साह, कोषाध्यक्ष डा. सुनिल रेग्मी, सल्लाहकार डा. शुधिर श्रेष्ठ, जुनियर डाक्टरस् सर्कलका डा.तुलाराम यादवले स्वागत गरेका थिए ।

देउसी– भैलो हाम्रो संस्कृति भएको र यसले आपसी भाईचारा सद्भाव र आत्मीयता समेत बढाउने भएकाले अबको पिढिले यसलाई निरन्तरता दिनुपर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको अध्यक्ष मेहताले बताए ।

देश संघियतामा गई सकेका कारण स्वास्थ्यका परिषद (काउन्सिल) पनि प्रदेशहरुमा ल्याउन स्वास्थ्यका पेशागत संगठनबीच कार्यगत एकता हुनुपर्ने जनस्वास्थ्य विज्ञ ज्ञानबहादुर बस्नेतले बताए ।

नेफालाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा निकैखुशी भएको बताउँदै संघका अध्यक्ष डा. चौधरीले स्वास्थ्यका अध्ययन, अनुशन्धान तथा नीति निर्माणमासमेत कार्यगत एकता गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.