
विराटनगर । दुई देशसँग हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।
अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने खेलका लागि टिम घोषणा गरेका हुन् । टोलीमा चार नयाँ खेलाडी समावेश भएका छन् ।
नेपालले नोभेम्बर १३ देखि १९ को फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाल यू–२० राष्ट्रिय टिमका फरवार्ड निराजन धामीसहित डिफेण्डरहरु अभिषेक वाइवा, रणदिन पौडेल र अन्जन महर्जनले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।
निराजनले केही समयअघि घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपमा फाइनलसम्म पुर्याउन ३ गोल गरेका थिए । अभिषेकले पनि दुई वर्षअघि घरेलु मैदानमा भएको साफ यू– २० च्याम्पियनसिप खेलेका थिए ।
नेपालका लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्टले पनि टिममा पुनरागमन गरेका छन् ।
२३ सदस्यीय नेपाली फुटबल टोली
गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार ।
डिफेण्डर : अभिषेक लिम्बु, विमल पाण्डे, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, अभिषेक वाइवा, रणदिप पौडेल, अन्जन महर्जन ।
मिडफिल्डर : रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, अरविन्द राई (आशिष),भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुश घलान, सुमित श्रेष्ठ।
फरवार्ड : जिलेस्पेजंग कार्की, अन्जन विष्ट, निराजन धामी ।

























