
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाईवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सूदूरपश्चिम र लुम्बिनीले खेल्ने भएका छन् ।
आइतबार समूह चरणकाे खेलमा जित निकाल्दै सुदूरपश्चिमले लुम्बिनीसँगकाे भेट पक्का गरेकाे हाे । दुई टाेलीले उपाधिका लागि बुधबार प्रतिस्पधा गर्ने छन् ।
विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो ।
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ ।
सोमबार समूह चरणको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेश प्रदेश खेल्नेछ । ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ ।

























