
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ३ नडाहाबाट प्रहरीले ९ लाख रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको छ । तास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ ।
प्रहरीले जुवा खालबाट ८ लाख ६६ हजार ५०० र उनीहरुको साथबाट १ लाख १ हजा ५०० सय बरामद गरेको थियो ।
यी हुन पक्राउ परेकाहरु
१, ललितपुर सातदोबाटो बस्ने वर्ष– ४४ को नवराज राई ।
२, सुनसरी इटहरी उपमहानगरपालिका– १ बस्ने वर्ष–५१ को प्रदिप तामाङ ।
३, बराहक्षेत्र नगरपालिका– ५, बस्ने वर्ष– २७ को नारायण कार्की ।
४, भोजपुर आमचोक बस्ने वर्ष– ४१ को दुर्गाराज राइ ।
५, बराहक्षेत्र– ३, बस्ने वर्ष– ३२ को बिदुर कार्की ।
६, बराहक्षेत्र– ८, बस्ने वर्ष– ४९ को खड्गबहादुर विष्ट ।
७, भोजपुर अरुण गाउपालिका– ३ बस्ने वर्ष– ४५ को जीवन कार्की ।
८, सुनसरी बराहक्षेत्र– ३, बस्ने वर्ष– ४४ को दिनराज राई ।
९,सुनसरी बराहक्षेत्र– ३, बस्ने वर्ष– २४ को मान बहादुर कार्की ।
१०, सुनसरी बराहक्षेत्र– ५, बस्ने वर्ष– ४१ को उत्तम मगर ।
११, सुनसरी रामधुनि नगरपालिका– ५ बस्ने वर्ष– ४६ को गौरी शङकर लुइटेल ।
१२, भोजपुर हतुवागडी गाउँपालिका– ७ बस्ने वर्ष– ३५ को ज्ञानबहादुर राई ।
१३, सुनसरी बराहक्षेत्र – ३ बस्ने वर्ष– ४५ को रेवत थापा ।
१४, सुनसरी बराहक्षेत्र –३ बस्ने वर्ष– ३४ को खगेन्द्र कार्की ।
१५, सुनसरी बराहक्षेत्र– ३, बस्ने वर्ष– ३० को दिपेन्द्र कार्की ।

























