
सप्तरी । सप्तरीको त्रियुगा नदीमा डुबेर सोमबार दुई जना बालिकाको मृत्यु भएको छ । अर्की एक जना बालिका बेपत्ता छिन् ।
प्रहरीका अनुसार कञ्चनरुप नगरपालिका–४ स्थित नदीमा डुबेर श्रवण महतोकी ९ वर्षीया छोरी प्रतिभा र सुरेश सदाकी ८ वर्षीया छोरी जितनीको मृत्यु भएको हो । ८ वर्षीया काजल खंग बेपत्ता छन् ।
बेपत्ताको खोजी तीव्र पारेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा बालिकाहरु डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























