ज्यान मार्ने उद्याेगमा मनाङे दाेषी ठहर, के हुन्छ सांसद पद ?

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १९:५९

विराटनगर । गण्डकी प्रदेशका सांसद (प्रदेशसभा सदस्य) एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ५ वर्ष कैद गर्ने उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन अदालत)बाट भएको फैसलालाई सदर गरेको हो ।अदालतकाे फैसला आएपनि उनी पक्राउ परेका छैनन् ।

मनाङले अब २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । उनले यसअघि एक पटक दुई वर्ष र अर्को पटक आठ महिना गरी ३२ महिनाको कैद भुक्तान गरिसकेका छन् ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार उनी पदमुक्त हुनेछन् । ऐनको दफा १६ मा सांसद पदमुक्त हुने प्रावधान छ । उक्त दफाको उपदफा २ अनुसार पदमुक्त भएको जानकारी आयोगले सम्बन्धित व्यक्तिलाई दिनुपर्छ । पदमुक्त भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

 

प्रतिनिधिसभा नियमावली,२०७९ काे नियम २४८ मा सा‌ंसद पक्राउ सम्बन्धी व्यवस्था छ । गण्डकी प्रदेशसभा नियमावली, २०८० मा संघीय नियमावली कै प्रावधान छ ।

गण्डकी प्रदेशसभा  नियमावली, २०८० काे नियम २२१ मा सदस्यको पक्राउ सम्बन्धी प्रावधान छ । नियम २२१  काे (१) मा भनिएको छ ‘संविधानको धारा १८७ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछन् ।’ बैठक नचलेको अवस्थामा उपनियम (१) बमोजिमको सूचना प्राप्त भएमा सभामुखले सचिवालयको सूचना पाटीमा सोको सूचना टाँस गर्न लगाई सार्वजनिक गर्न लगाउने’ प्रावधान छ ।

नियम २२१ काे उपनियम ४ मा भनिएको छ,‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परि कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ ।’

सदस्यले सफाई पाएमा वा थुना मुक्त भएमा निलम्बन फुकुवाको सूचनाको जानकारी सभामुखले सदनलाई तत्काल दिनुपर्नेछ । अधिवेशन चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गर्नुपर्ने प्रावधान छ । कुनै सदस्य निलम्बन फुकुवा भएमा निजको स्थगित भएको पारिश्रमिक, सेवा र सुविधा सुचारु हुने’छ ।

यस्ताे छ नियम

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.