विराटनगर : छठ पूजाको सामग्री खरिद गर्ने चटारो (फोटो फिचर)

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २१, बुधबार १९:४३

विराटनगर । सूर्य उपासनाको महापर्व छठका लागि थरिथरिका सामग्रीको जोहो गर्नुपर्ने हुन्छ ।

तिहार लगतै छठको किनमेलको चटारो सुरु हुन्छ । छठको पूर्वसन्ध्यामा पूजन सामग्रीको ठूलो बजार लाग्छ । चढाउनका लागि चाहिने मौसमी तरकारी, फलफूल, गेडागुडी र मिठाइ किन्न भक्तजनहरुको अहिले बजारमा भिड छ ।

अहिले विराटनगरसहित, रंगेली तथा सीमावर्ती बजारमा किनमेल गर्नेको भीड छ ।

छठ पूजाको अघिल्लो दिन आज व्रतालुहरु पोखरी, नदी र नहरका डिलहरुको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल बनाउन जुटेका छन् ।

श्रद्धालुहरु विराटनगरका खोला, पोखरी र नहरका डिलहरुमा आ–आफ्नो घाट सिंगार्न र सजाउन व्यस्त छन् । भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्वमा भोली साँझ अस्ताउँदो र पर्सी बिहान उदाउँदो सूर्यको पुजा गरिन्छ । भोली साँझ अस्ताउँदो सूर्यलाई पूजा गरेर भक्तजनहरु रातभर जाग्राम बसी भजनकिर्तनसमेत गर्ने गर्दछन् । जसका लागि नहर पोखरी तथा खोला किनारहरुमा सफासुग्घर गरी पाल टाँगेर सिंगारिंदैछ ।

विराटनगरका सिंगियाखोला, सुनसरी–मोरङ सिंचाइआयोजनाको नहर, केसलियाखोला, बुढी खोलालगायतका ठाउँमा छठ पुजागर्न श्रद्धालुहरुले धुमधामका साथ तयारी गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.