गोली प्रहार गरेर प्रहरीले समात्यो दुई ‘जेल ब्रेकर’ अपराधी

Share this
598shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २३, शुक्रबार १३:१७

विराटनगर । जेलबाट दुई पटक भागेका कर्तब्य ज्यान मुद्दाका दोषीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

२०७२ सालदेखि फरार रहेका इनरुवा नगरपालिका १० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले पक्राउ गरेको हाे । उनलाई पक्राउ गर्दा प्रहरीले एक राउण्ड गोली पनि चलाएको थियो ।

२०६५ साल वैशाख १६ गते सुनसरी साविक प्रकाशपुर– ६ का ३९ वर्षीय केशव कार्कीको विनायककुमार र श्याम भन्ने श्यामकुमार यादवले गोली हानी हत्या गरेका थिए । सो घटनामा संलग्न भएका विनायक एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ परेका थिए । जिल्ला अदालत सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि थुनामा रहेका उनी २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए । उनीसँगै अन्य १२ जना सुरुङबाट भागेका थिए ।

यादवलाई प्रहरीले सप्तरीले गोबरगाड़ाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीको लागी पठाएको थियो । तर, त्यहाँबाट पनि उनी भागे । २०७२ वैशाख १२ गते भूकम्प आएका बेला उनी कारागारबाट भागेका थिए । 

मधेसी मुक्ती टाइगरमा समेत आवद्ध रहेका उनी सिन्धुपाल्चोकबाट भागेपछि भारतको सुपोलमा गएर बसेका थिए । बेलाबेला नेपाल आउने यादवलाई छठ पूजा मनाउनका लागि नेपाल आउँदै गरेको अवस्थामा कोशी गाउँपालिका– ८ स्थित पथरचट्टान भन्ने ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।

प्रहरीलाई देखेपछि भाग्न खोजेका यादवलाई प्रहरीले गोली चलाएको थियो । भाग्न खोजेपछि घुँडामुनि ताकेर एक राउण्ड फायर गर्दा उनी आत्तिएर लडेका थिए । तर, उनलाई गाेली लागेन ।

यादवलाई बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरेको डीएसपी तिमल्सिनाले बताए । उनले अब भुक्तान हुन बाँकी रहेको सजायको डेढी सजाय भोग्नु पर्नेछ । कारागार ऐन २०१९ को दफा २४ को ३ मा ‘कैद म्याद ठेकिएको कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई सजाय हुने’ प्रावधान छ ।’

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.