
विराटनगर । विश्व स्वतन्त्रता दिवस आज (शनिबार) परेको छ । प्रत्येक वर्ष नोभेम्बर ९ मा यो दिवस पर्ने गरेको छ ।
स्वतन्त्रता, मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । सन् १९४७ देखि मनाउन थालिएको दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिन्छ ।
विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रवाह गर्नु दिवसको मुख्य उद्धेश्य हो ।

























