
कालीकोटा । कालीकोटमा आइतबार यात्रुवाहक जिप दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पलाँता गाउँपालिका– ३ बाट ९ नम्बरतिर जाँदै गरेको जिप पलाँता गाउँपालिका–३ मा दुर्घटनामा परेको हो । जिपमा २० जना सवार थिए । ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारीले दिएको छ ।
घटनास्थलमा अहिले उद्धार तीव्र पारिएको छ । उद्धार गरेर घाइतेहरुलाई उपचारका लागि पठाउने काम भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मृतकको संख्या बढ्न सक्छ । दुर्घटनाको थप विवरण प्राप्त भइसकेको छैन ।

























