
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने ठाउँमा सोमबार बिहान पिकअप गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
जमैती–८ छिस्तीबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका इन्सपेक्टर केशव थापाका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पिअकप चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्चि श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष रहेका छन् । पिकअप सडकदेखि करिब पाँच सय मिटर तल खसेको थियो ।
पिकअपमा ६ जना सवार थिए । दुर्घटनामा ४५ वर्षीय गंगाबहादुवर श्रीष घाइते भएका छन् । उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पतालमा भर्ना गरिएको थापाले बताए ।

























