
काठमाडौं । निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम सोमबारदेखि नै लागू हुने गरी ३२ जना जिल्ला न्यायाधीश विभिन्न स्थानमा मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो । आगामी कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
यी हुन् मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु

























