
काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । यद्यपि, देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान गरेको हो । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा वर्षाका कारण सामान्य हिमपात पनि हुनसक्ने पूर्वानुमान छ । हिमाली क्षेत्रमा यसअघि परेको हल्का हिमपातका कारण चिसो बढ्दै गइरहेको छ । अब लगातार चिसो बढ्दै जाने जनाइएको छ ।

























