झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार ०७:५२
फाइल फाेटाे

झापा । जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान झापामा एक जना पुरुषको मृत्यु भएको छ ।

दमक नगरपालिका–३ दीपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीलाई बिहानका राति २ बजेतिर हात्तीले आक्रमण गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार छिमेकी सुविन भट्टराईको भान्सा कोठा भत्काउन लाग्दा भण्डारीले हात्ती धपाउन खोजेका थिए ।

त्यही हात्तीले लछारपछार पार्दै सय मिटर पर पुर्याइ उचालेर पछारेको प्रहरीको भनाइ छ । भण्डारीको घटनास्थलमै मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चन्दले बताए ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.