विराटनगरमा पहिचान पक्षधरको शक्ति प्रदर्शन

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १५:३८

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार शक्ति प्रदर्शन गरेका छन् ।

पहिचान पक्षधरले प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गर्दै ‘कोशी’ नामविरुद्ध आन्दोलन गर्दै आएका छन् । समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट महेन्द्र चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरेका हुन् । महेन्द्र चोकमा ‘कोशी’ नामविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गर्ने तयारी छ । अहिले महेन्द्र चोकमा कोणसभा चलिरहेको छ ।

नयाँ चरणको आन्दोलन घोषणा कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसाल, गोपाल किराँती, जसपा नेपालका सहअध्यक्ष पूर्वमन्त्री रकम चेम्जोङ, कार्यकारिणी सदस्य जयराम यादव, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष पूर्वमन्त्री राजेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलगायतले सम्बोधन गर्ने बताइएको छ ।

पहिचान पक्षधरको प्रदर्शनसँगै ‘कोशी’ नाम खारेजीको आन्दोलन पुनः ब्युँतिएको छ । नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन यसअघि सुस्ताएको थियो । पहिचान पक्षधरको प्रदर्शनमा कोशी प्रदेशका विभिन्न स्थानबाट सहभागी भएका छन् । विभिन्न जातीय संस्थाको ब्यानरसहित प्रदर्शन गरिएको हो ।

प्रदर्शनलाई ध्यानमा राखेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यद्यपि, कार्यक्रम शान्तिपूर्ण हुने आयोजकले जनाएको छ । यसअघि शान्तिपूर्ण हुने भनिएको आन्दोलन तोडफोड र हिंसात्मक बनेको थियो ।

तत्कालीन प्रदेश १ को नाम २०७९ फागुन १७ गते ‘कोशी’ राखिएको थियो । प्रदेशसभाको दुईतिहाइ बहुमतबाट प्रदेशको नामकरण भए पनि खारेजीको माग गर्दै पहिचान पक्षधर आन्दोलित छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.