मोरङमा खागोले टोकेर ६ जना घाइते

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार २३:०२

विराटनगर । मोरङमा आइतबार अपरान्ह ४ः३० बजेतिर खागो (माहुरी)ले टोकेर ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–८ आमबारी बजारमा पिपलको रुखमा खागोको गुँड थियो । एक्कासि बिच्किएको खागोले टोकेर उर्लाबारी–८ का ५५ वर्षीय वीरबहादुर लिम्बू, ५४ वर्षीया रामकु्मारी लिम्बू, तत्काल नामथर नखुलेका उर्लाबारी–८ कै अन्दाजी ६५ वर्षीय पुरुष, उर्लाबारी–९ का ५५ वर्षीय भीमबहादुर दर्जी, झापाको दमक नगरपालिका–१० का ६४ वर्षीय लोबहादुर धिमाल र दमक–१० की ५४ वर्षीया श्यामश्वरी राई घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाहरुको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर, गोदावारी अस्पताल र अरनिको अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

चिल वा कुनै चराले गुँडमा ठुँगेर असर पुर्याएएका कारण खागो बिच्किएको हुनसक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.