पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १०:३६

काठमाडौं । पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानको निधनमा सरकारले आज (सोमबार) राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बिहान बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार बैठकले प्रतिनिधिसभाका पूर्वसभामुख ढुंगानाको निधनमा गहिरो शोक र भावपूर्ण श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको छ। उनका अनुसार राष्ट्रिय शोकका दिन आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको छ।

ढुंगानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको थियो । पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढुंगानाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ।

उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित सानो गौचरणमा राखिने छ। मन्त्री गुरुङले ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने जानकारी दिए ।

सभामुख देवराज घिमिरेले पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका थिए। लोकतान्त्रिक राजनीतिका अथक अभियन्ता ढुंगानाको संविधान निर्माण, लोकतन्त्र र शान्ति स्थापनामा महत्वपूर्ण भूमिका छ ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले ‘कु’ गरेपछि विद्यार्थीहरू आन्दोलनमा लागेका थिए । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दामा ढुंगानाले बहस पैरवी गरेका थिए ।

३० वर्षको उमेरमा नेपाल बार एसोसिएसनको महासचिव भएका ढुंगाना झन्डै दुई दशक वकालत पेसामा संलग्न रहे । २०२८ सालमा नेपाल बार एसोसिएसनको महासचिव भएका थिए ।

पञ्चायतकालमा विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका ढुंगाना २०४६ सालको जनआन्दोलनको बेला कांग्रेसका प्रवक्ता थिए । २०४७ साल कात्तिक २३ गते जारी भएको संविधानको मस्यौदा गर्न गठित आयोगमा रहेर ढुंगानाले योगदान गरेका थिए ।

२०४८ सालमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएका ढुंगाना त्यसपछि २०५१ सालसम्म सभामुख भए । २०५१ मा पनि उनी चुनाव लडे, तर जित्न सकेनन्। २०७४ सालमा भक्तपुरको क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका थिए । चुनावमा पराजित भएसँगै उनी राजनीतिमा निष्कृय भएका थिए । उनी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित थिए ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.