
काठमाडौं । नेपाल प्रहरीमा चिकित्सकतर्फका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिसमा परेका छन् ।
डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई डीआईजी बढुवामा सिफारिस गरिएको हो । बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा सिफारिसको निर्णय गरेको थियो ।


























