उपनिर्वाचनमा मतदान सकिएलगत्तै मतपेटिका ढुवानी गर्न आयोगको निर्देशन

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ३, सोमबार १८:२४

काठमाडौं । निर्वाचन आयोगले आगामी उपनिर्वाचनको दिन मतदान सकिएलगत्तै मतपेटिका ढुवानीको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सोमबार बसेको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म पुर्याउने वातावरण मिलाउन गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो । समितिले आचारसंहिताको पूर्ण पालना गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

समितिले मंसिर १३ गते रातिदेखि प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गराउनुपर्नेमा जोड दिएको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले उपनिर्वाचनको दिन चुनाव हुने स्थानीय तहसँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन र निर्वाचनको स्वच्छतामा असर नपर्ने गरी मतदाताका लागि आवागमन सहज बनाउन सरकारलाई आग्रह गरिएको बताइन् ।

त्यस्तै, आयोगको सोमबार बसेको बैठकले चुनावका बेला प्रयोग गर्नुपर्ने भौतिक संरचना र सवारीसाधन तयारी अवस्थामा राख्न दिर्नेशन दिएको छ । उपनिर्वाचन हुने स्थानीय तहहरुलाई आयोगले उक्त निर्देशन दिएको हो ।

सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको प्रवक्ता नीता पोखरेल अर्यालले बताइन् । उनका अनुसार मतदान केन्द्र राखिएका ठाउँको संरक्षण र मर्मत सम्भार गर्न, त्यहाँ खानेपानी, शौचालय, विद्युत, सञ्चार, आवजावतको वैकल्पिक मार्ग, सडक र पुल पुलेसा, तथा कम्पाउण्डको व्यवस्था गर्न पनि आयोगको निर्देशन छन् ।
ु
मतदान केन्द्रलाई ज्येष्ठ नागरिक, महिला तथा अपांगता मैत्री बनाउन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिएको अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उपनिर्वाचनको काममा स्थानीय तहका कर्मचारी पनि खटाउन सकिने भन्दै आयोगले कर्मचारीको विवरण अद्यावधिक गरी राख्न र मागेको बेला उपलब्ध गराउन भनेको छ ।

आयोगले उपनिर्वाचनका बेला निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न, मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधारहरू मर्मत सम्भार गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको छ । आगामी मंसिर १६ गते विभिन्न १३ जिल्लाका स्थानीय तहमा ४४ पदका लागि उपचुनाव हुने छ ।

सुरक्षा व्यवस्था सम्बन्धमा यस्तो छ आयोगको निर्देशन

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.