आगलागीपछि उडेको धुवाँको मुस्लो ।विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित विराटनगर मालपोत कार्यालयको क्यान्टिनमा आगलागी भइरहेको छ ।
भोला साहको चिया नास्ता पसलमा अहिले केही बेरअघिबाट आगलागी सुरु भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको छ । ग्यास सिलिन्डर लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ ।
आगो नियन्त्रणका लागि दमकल, स्थानीय र प्रहरी खटिएका छन् । तर, नियन्त्रण सम्भव भइरहेको छैन ।

























