
काठमाडौं । लोक सेवा आयोगले उपसचिव पदका लागि गरेको विज्ञापन प्रक्रिया रद्ध भएको छ ।
आयोगले ४९ पदमा राजपत्रांकित द्धितीय श्रेणी उपसचिवका लागि विज्ञापनको प्रक्रिया अघि बढाएको थियो । आयोगले सोमबार सूचना जारी गर्दै उच्च अदालत पाटनबाट कात्तिक १४ मा भएको आदेश कार्यान्वयन गरिएको जनाएको छ ।
आयोगबाट प्रकाशित इन्जिनियरिङ सवातर्फ उपसचिव वा सो सरहको पदमा बढुवा सूचना तथा आन्तरिक प्रतिस्पर्धा तर्फको विज्ञापनको दरखास्त संकलन स्थगित गरिएको सूचनामा जनाइएको छ ।
जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवातर्फ २० जना, कार्यक्षमताको मूल्यांकनबाट हुने बढुवातर्फ १९ र आन्तरिक प्रतिस्पर्धातर्फ १० जनाको पदपूर्तिका लागि गत असोज ३० मा विज्ञापन गरिएको थियो ।
हेरौं सूचना


























