दुर्घटनामा २ महिलाको मृत्यु, ९ जना घाइते

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ४, मंगलबार २२:५७

विराटनगर । जिप दुर्घटनामा परेर मंगलबार २ जना महिलाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।

डडेल्धुराको परशुराम नगरपालिका–९ नौलामा लु १ ज ४५७९ नम्बरको बोलेरो जिप दिउँसो दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार दुर्घटनामा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढाको मृत्यु भएको हो ।

कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबूढातर्फ गइरहेको जिप दुर्घटनामा परेर ९ जना घाइते भएका छन् । घाइते सबैको महाकाली प्रादेशिक अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा १२ जना थिए । चालक सकुशल छन् । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.