
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् । ग्रेटर नेपालको कार्यालयबाटै उनी पक्राउ परेका हुन् ।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झण्डा देखाउन सक्ने आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिइएको स्रोतको भनाइ छ । नेपालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाध्यक्ष द्वीवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाएका थिए ।
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी बनाउने भए चीनका सेनाप्रमुखलाई पनि बनाउनुपर्ने, अन्यथा यो प्रचलन रोक्नुपर्ने उनको माग छ । भारतीय सेनाध्यक्ष द्विवेदी नेपालको ५ दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका छन् ।

























