
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्राप्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उनलाई मानार्थ महारथीको दर्जा प्रदान प्रदान गरेका हुन् । दर्ज्यानी प्रदान गर्न राष्ट्रपति भवन शीतल निवासमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत उपस्थित थिए । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा ५ दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आएका हुन् ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ । सन् १९५० देखि यो परम्परा रहेको हो ।

























