
काठमाडौं : श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस भएका छन् ।
आवासीय राजदूतको नियुक्तिका लागि उनको नाम सिफारिस गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । नेपालीको घर कपिलवस्तु बुद्धभूमि नगरपालिका–२ हो ।
औपचारिक रूपमा राजदूत नियुक्त हुन संसंसदीय सुनुवाइबाट उनी अनुमोदित हुनुपर्छ । अनि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद्ले संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरिसकेको छ ।
यसअघि राजदूतमा रामकृष्ण भट्टराई सिफारिसमा परेका थिए । न्यूनतम योग्यता स्नातक पास गरेको नभेटिएपछि संसदीय सुनुवाइ समितिबाट उनी अस्वीकृत भएका हुन् ।

























