
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग कुराकानी गरेका छन् ।
अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । तिनै खर्बपति मक्ससँग प्रधानमन्त्री ओलीले आज माइक्रोसफ्ट टिम्समार्फत कुराकानी गरेका हुन् ।
के विषयमा कुराकानी भएको भन्ने सार्वजनिक भएको छैन । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मक्ससँग भर्चुअल सम्वाद भएको जानकारी दिएका छन् ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् ।

























