सांकेतिक तस्बीरविराटनगर । प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका– ३ थापा चोकमा अस्थायी प्रहरी चौकी मंगलबारेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असाई) चन्द्रबहादुर कार्कीले चलाई मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार पूर्वपश्चीम राजमार्गमा को १० प ७२३८ नम्बरको मोटरसाइकलले गस्तीमा रहेका प्रहरीले चलाएको बा २ ब ११८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी को १० प ७२३८ नम्बरको मोटरसाइकल चालक सुनसरी इटहरी– १९ का ३६ वर्षीय राजकुमार राई, उनकी श्रीमती ३२ वर्षीया पनिना राई घाइते भएकी छन् । प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्की घाइते भएका हुन् । घाइते तीन जनाकै अवस्था सामान्य छ ।

























