विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निवास अगाडि शंकास्पद वस्तु भेटिएको छ ।
शनिबार बिहान गौरादह नगरपालिका– ३ डिपु चोकस्थित घर अगाडि शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार शंकास्पद वस्तु भेटिएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
प्रहरीका अनुसार प्लास्टिककाे बाेतलमा बेरेर राखेकाे अवस्थामा शंकास्पद वस्तु फेला परेकाे थियाे । आज बिहान भेटिएकाे शंकास्पद के हाे भनेर अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर पुगेका थिए । घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।

























