फाइल तस्बीरविराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको गाडीको ठक्करबाट घाइते भएका एक वृद्धकाे मृत्यु भएको छ ।
प्रसाईं सवार वागमती प्रदेश ०१–०२८ च ०२०१ नम्बरको गाडीको ठक्करबाट घाइते भएका सुनसरीको कोशी गाउँपालिका–३ का फुलेश्वर मेहताको मृत्यु भएको हो ।
गत कात्तिक २५ गते कोशी गाउँपालिका–३ स्थित नहर चोकमा प्रसाईं सवार गाडीले ६० वर्षीय मेहतालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका मेहतालाई उपचारका लागि सप्तकोशी न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सप्तकोशीबाट नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । नोबेलमा उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको हो ।
मेहतालाई ठक्कर दिने गाडीमा सवार प्रसाईं भने साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भिडियो सार्वजनिक गरेपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो ।

























