
विराटनगर । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा सिफारिस समितिको आइतबार बसेको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी बढुवामा सिफारिस हुने एसएसपीहरूमा ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्।
बढुवा समितिको सिफारिस मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि उनीहरूको बढुवा हुनेछ ।


























