विराटनगरमा कार दुर्घटना, ४ जना घाइते

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार ११:२८

विराटनगर । विराटनगरमा सोमबार बिहानका राति कार दुर्घटना भएको छ । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ पिपल चोकनजिकै प्रदेश १–०२–०२९ च २२२१ नम्बरको कार दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कार आफैं अनियन्त्रित भएर सडकको डीभाईडरमा ठोक्किँदा चालकसहित ४ जना घाइते भएका छन् । दुर्घटनामा चालक विराटनगर–६ का अन्दाजी २६ वर्षीय रियाज आलम, २४ वर्षीय दिलछात हुसेन, २५ वर्षीय अब्दुल रहिम र २७ वर्षीय मोहमद अबुजर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ । उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.