जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको निरीक्षण

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ११, मंगलबार १६:२०

विराटनगर । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा कार्यालयको अवस्था र कामकारबाहीका बारेमा जानकारी लिँदै घिमिरेले ट्राफिक प्रहरीलाई आवश्यक निर्देशनसमेत दिएका छन् । उनले कुनै लोभलालच, दबाब र प्रभावमा नपरिकन कानुनले दिएको अधिकार प्रयोग गरेर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिए ।

ट्राफिक नियमको उल्लंघन रोक्नुपर्ने र दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिनुपर्नेमा एसपी घिमिरेको जोड छ । ‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ । नियम उल्लंघन गर्ने सवारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । नियमको पालना गराउन सचेतनामूलक कार्यक्रमहरुलाई व्यापक बनाउनुपर्छ,’ निर्देशन दिँदै उनले भने, ‘ट्राफिक प्रहरीले जहिल्यै पनि आफू जनताको सेवक हुँ भन्ने बुझ्नुपर्छ । आचरणविपरीतका काम गर्न हुँदैन । दायित्वलाई भुल्न हुँदैन ।’

एसपी घिमिरेले आचरणविपरीत काम गर्ने ट्राफिकलाई तत्काल कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिएका छन् । ट्राफिक प्रहरीको अभियान बढ्दो दुर्घटना न्यूनीकरणतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।

निरीक्षणका क्रममा मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जिल्ला ट्राफिकको कामकारबाही र भावी योजनाका बारेमा जानकारी गराएका थिए । उनले नियमको उल्लंघन रोक्न, दुर्घटना न्यूनीकरण गर्न र कानुन उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन ट्राफिक सक्रियता बढाइएको बताए ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.