क्षमताभन्दा बढी यात्रु सवार अटो दुर्घटना हुँदा ६ जना घाइते

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १२, बुधबार ०८:०५

उदयपुर । मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–६ मा क्षमताभन्दा बढी यात्रु सवार रहेको अटो टेम्पो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

रामपुरबाट लालबजारतर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४९८७ नम्बरको अटो आफैं अनियन्त्रित भएर मंगलबार दिउँसो ३ः१५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा बेलका–३ की २७ वर्षीया निशा राई, बेलका–४ की ५७ वर्षीया दिलकुमारी खड्का, ७२ वर्षीय कूलबहादुर सुवेदी, अटो चालक ४२ वर्षीय बद्रीकुमार विश्वकर्मा, बेलका–५ की ३० वर्षीया अप्सरा परियार र २० वर्षीया अनिषा परियार घाइते भएका छन् ।

घाइतेमध्ये दिलकुमारी र कूलबहादुरको अवस्था गम्भीर छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेर तीव्र गतिमा चलाइएका कारण अटो दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.